प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

बागमती मङ्लबार साउन १६, २०८०

प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

हिजो सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । यस प्रकरणमा एमालेले उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिग छ ।

यसैकारण हिजो बस्ने तय र आज तय भएको संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गते सोमवारका लागि तोक्नुभएको छ ।

Leave a Comment