सुन प्रकरणबारे गृहमन्त्रीको जवाफ माग गर्दै एमालेद्धारा संसद बैठक अवरोध

मुख्य खबर बुधबार साउन १०, २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बुधबारको प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

सुन प्रकरणबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने माग गर्दै एमालेले संसद बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै १ सय किलो सुनबारे सरकारको जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नदिने एमालेको अडान छ ।

एमालेले सुन प्रकरण छानबिन गरी तथ्य बाहिर ल्याउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराएको थियो ।

सभामुख घिमिरेले एमाले सांसदहरुलाई पटक –पटक आफ्नो सिटमा बस्न अनुरोध गरेपनि एमाले सांसदहरुले नमानेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको हो । अर्काे बैठक साउन १५ गते सोमबार बस्ने छ ।

Leave a Comment