सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका छ जनाको शव काठमाण्डौ ल्याइँदैछ । दुर्घटनास्थल सोलुखुम्बुको लामोजुरामा मौसम खुलेपछि हेलिकप्टरले शव ल्याउँदैछन् । शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुनेछ ।
आज बिहान मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका सबै छ जनाकै मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित पाँचै जना मेक्सिकन नागरिक रहेका छन् ।
यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए ।
बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुबाट उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।