सभामुख घिमिरेको प्रश्न :संसदमा सांसदहरु के गरिरहेका छन् ?

मुख्य खबर NFM संवाददाता सोमवार असार २५, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दल नागरिकका मुद्दामा केन्द्रित हुननसके संसद प्रभावकारी बन्न नसक्ने बताउनु भएको छ । उहाँले संसदलाई बलियो बनाउन सांसदले प्रभावकारी भूमिका खेल्नुपर्ने र दलहरुले प्रभावकारी भूमिका खेल्नका लागि बातावरुण बनाउनुपर्ने बताउनुभयो ।

नेपाल एफएम नेटवर्कको कार्यक्रम ‘संसद र सांसद’मा कुराकानी गर्दै सभामुख घिमिरेले सांसदहरु संसदमा के गरिरहेका छन् ? दलहरुले नीति निर्माणमा कस्तो भूमिका खेले ? सरकार संसदका निर्देशनमा कति जिम्मेवार छ ? भन्ने विषय नागरिकलाई प्रष्ट जानकारी गराउनु सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।

नागरिकका मुद्दामा संसदमा कत्तिको छलफल हुन्छ ? त्यो पनि नागरिकले थाहा पाउनुपर्ने सभामुख घिमिरेको भनाई छ । ‘संसद नीति बनाउने, सरकारका कामकारवाहमिाथि अनुगमन गर्ने, नागरिकका मुद्दामा छलफलगर्ने सार्वभौम थलो हो’ सभामुख घिमिरेले भन्नुभयो, ‘संसदमा सभामुख, उपसभामुख, दल, सांसदले के गरिरहेका छन्, नागकिरले थाहा पाउनुपर्छ । ’

रास्वपामा ह्वीप नलाग्ने
सांसद सुमना श्रेष्ठले संसदमा सत्तापक्ष र प्रतिपक्षको खेलले नागरिकका मुद्दा बन्धन बनेको बताउनुभयो । उहाँले संसदमा एकजना सांसद नागरिक मुद्दामा स्वतन्त्र रुपमा उभिनेपर्ने र सबै सांसद दलभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले कानुन निर्माण, विधेयक पास गर्ने विषयमा पार्टीले ह्वीप लगाएपनि उल्लंघन गर्ने र फलोर क्रस गर्ने दावी गर्नुभयो ।
‘हाम्रो पार्टीले सरकार निर्माण, बजेट पारित, अन्तर्राष्ट्रिय सम्बन्धि सवाल र राष्ट्रियतावाहेक कुनैपनि विषयमा ह्वीप लगाउँदैन’ सांसद श्रेष्ठले भन्नुभयो, ‘यदी ह्वीप लगायो भनेपनि नागरिकका मुद्दामा सम्झौता हुदैन । ’

कार्यक्रम संसद र सांसदको राउण्ड टेबल छलफलमा सांसद समुना श्रेष्ठ र पूर्व सांसद विशाल भट्टराई

उहाँले संसदीय समिति प्रभावकारी बनेमात्रै संसद र सांसदले प्रभावकारी काम गर्न सक्ने बताउनुभयो । समितिका बैठक प्रत्यष प्रशारणको व्यवस्था मिलाउन उहाँले संसदमा माग गरिरहेको तर त्यसमा सभामुख र दलको चासो नदेखिएको टिप्पणी गर्नुभयो ।

सांसद दलको बन्धक
कार्यक्रममा एमालेका पूर्व प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरु संसदमा पुगेपछि दलको बन्धन बन्नुपरेको टिप्पणी गर्नुभयो । एकजना सांसदले स्वतन्त्र रुपमा संसदमा काम गर्ने वाताबरण नभएकाले पनि सांसदको भूमिका कमजोर बन्न पुगेको भट्टराइको अनुभव छ ।

अहिले नयाँ आएका पार्टी र सांसदहरुले पनि कुनैपनि मुद्दामा पुगेर सम्झौता गर्नुपर्ने अवस्था आउने खतरा रहकाले त्यसका सजग भएर काम गर्न सुझाव दिनुभयो । सँगै रहनुभएका स्वतन्त्र पाटृिका सांसद समुना श्रेष्ठलाई इंगित गर्दै भट्टराईले भन्नुभयो, ‘उहाँहरुले जे गछौं भनिरहनुभएको छ त्यो गर्नुहोस् शुभकामना छ । तर सक्नुहुन्छ जस्तो लाग्दैन ।’

प्रभावकारी काम गर्न प्रतिनीधिसभा र राष्ट्रियसभाको नियमावली नै संसोधन गर्नुपर्ने आबश्यकता रहेको उहाँको भनाई छ । विगतको संसद राजनीतिक मुद्दाको चेपुवामा परेकाले अहिले प्रभावकारी कामगर्न दलहरुले गम्भिर बन्नुपर्ने पूर्व सांसद भट्टराईको तर्क थियो ।

कानुन निर्माण संसदका लागि जति महत्वपूर्ण हुन्छ संसदीय निगरानी पनि त्यतिकै महत्वपूर्ण मानिन्छ । संसदको कामकारवाही परादर्शी बनाउन, नागरिकका सवालाई नीतिगतरुपमा टुङ्गोमा पुर्याउन, शुसासनमा सुधार ल्याउन संसदीय निगरानी आबश्यक मानिएको छ ।

संसद सचिवालयले उपलब्ध गराएको तथ्याङ्गक अनुसार अघिल्लो प्रतिनिधिसभाको कार्यकालभर कुल ३ सय ६२ वटा बैठक बसेका थिए । ती बैठकबाट १ सय २ वटा विधेयक पारित भएका थिए । तुलनात्मक रूपमा यो विधेयक पारित संख्यालाई राम्रो मानिए पनि पहिलो कार्यकालदेखि १२ औं अधिवेशनसम्म आइपुग्दा संसद्ले धेरै काम गर्न नसकेको र संसद्लाई सरकारले प्रत्यक्ष छायामा पारेको सांसदहरुकै निस्कर्ष छ ।

Leave a Comment