प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।
६५ औं संसद दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
उपसभामुख रानाले आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताउनुभयो ।
उहाँले नेपालको संसदमा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले संसदमा उपभासमुखलाई हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउनुभयो ।
उपसभामुख रानाले सुरुवाती चरणदेखि नै विभेदको महसुस गर्दै आउनुभएको थियो । उहाँले यसअघि राज्यबाट पाउने सेवा सुविधामा विभेद भएको बताउनुभएको थियो ।