कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का चढेको जीप दुर्घटना

Breaking शनिबार असार ९, २०८०

कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटना भएको छ ।

खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा दुर्घटना हुँदा सभापति खड्कासहित नौ जना घाइते भएका छन् ।

भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो ।

अनियन्त्रित भएर जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ । घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ।

Leave a Comment