सांसदका प्रश्नको जवाफ दिदै अर्थमन्त्रीले भने ‘म पनि अप्ठ्यारोमा छु’

राजनीति सोमवार जेष्ठ २९, २०८०

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा बजेट सुधारको प्रस्ताव राखेको र कार्यान्वयनको प्रस्ताव राखेको बताउनुभएको हो । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले समस्याहरू एकै चरणमा समाधान गर्न नसकिने कुरा स्वीकार गरी बजेट प्रस्तुत गरेको बताउनुभयो । उहाँले साधारण खर्च कटौतीको सुरुआत गर्ने बजेट ल्याएको पनि जिकिर गर्नुभयो ।

आफू अर्थमन्त्री भएलगत्तै अर्थतन्त्र सुधार भएको दाबी आफ्नो नरहेको पनि अर्थमन्त्री महतको भनाइ थियो । मन्त्री महतले नेपालको अर्थतन्त्रमा समस्या रहेको र आर्थिक वृद्धि कम भएको स्विकार गर्नुभयो । उहाँले राजस्व संकलन कम भएको र आन्तरिक ऋण लिइरहनुपरेको पनि बताउनुभयो । बजेटमार्फत साधारण खर्च कटौतीको प्रस्ताव अगाडि सारिएको मन्त्री महतको भनाइ थियो ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताउनुभएको छ । आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिका सहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताउनुभयो अर्थमन्त्री महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको स्पष्टीकरण दिनुभयो । नेपालमा भ्याट संकुचन हुँदै गएको स्मरण गर्दै उनले भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको बताउनुभयो ।

संसदीय क्षेत्र पूर्वाधार कार्यक्रमको बचाउ

अर्थमन्त्री महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गर्नुभएको छ । यो कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने भन्दै उहाँले यसमा आत्तिनु नपर्ने बताउनुभयो । बजेटको महत्व कम देखाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएको टिप्पणी गर्नुभयो ।

बजेटमार्फत उपभोग्य वस्तुमा कर लगाएर उपभोक्तालाई महँगीको मार परेको भनेर आलोचना भइरहेका बेला अर्थमन्त्री महतले भने आफ्नो नीतिको बचाउ गर्नुभएको छ । उहाँले आन्तरिक उत्पादकलाई संरक्षण गर्नका लागि विदेशबाट आयातित उपभोग्य वस्तुमा कर लगाएको बताउनुभयो । विदेशबाट आयातित उपभोग्य वस्तुमा कर लगाउँदा आन्तरिक उत्पादकलाई फाइदा हुने बताउनुभयो ।

अर्थमन्त्री डा. प्रकाशरण महतले तीनवटा जिल्लामामात्र बजेट केन्द्रित गरिएको विषयमा बचाउ गर्नुभएको छ । बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा मात्र थुपारिएको सत्ताधारी सांसदहरूकै आरोपको जवाफ दिँदै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पूँजीगततर्फ कूल १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको बताउनुभयो ।

अर्थमन्त्री महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताउनुभएको छ । गाँजालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरौं भनेको भन्दै भोलिदेखि नै लागु गरौं नभनेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गर्नुभएको हो । सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोल

Leave a Comment