सुनकोशी नदिमा हराइरहेको जिप र दुई जनाको शव भेटियो

मुख्य खबर मङ्लबार जेष्ठ २३, २०८०

गत शुक्रबार देखि सिन्धुलीस्थित सुनकोशी नदिमा हराइरहेको सीटीईभीटीको जिप र दुई जनाको शव आज साँझ भेटिएको छ । भेटिएका दुई जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कोर्पियो जिप शुक्रबार मध्याह्नमध्ये पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनमा दुर्घटना भई सुनकोशी नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनामा परि प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक अधिकृत भानु पौडेल रहनुभएको थियो ।

सवारी चालक दाङ घर भएका कृष्ण चौधरी पौडिएर निस्किएका थिए ।

Leave a Comment