गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

आर्थिक सोमवार जेष्ठ १५, २०८०

काठमाण्डाै – सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधिको प्रयोजनका लागि लागि सरकारले गाँजा खेतीको अध्ययन गर्ने भएको हो ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले औषधिको प्रयोजनका लागि गाँँजा खेतीको अध्ययन गरिने बताउनुभयो ।

सरकारले किसानका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री महतले कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन याे कार्यक्रम ल्याइएको बताउनु भयो । उहाँले उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताउनुभयो ।

Leave a Comment