रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा

मुख्य खबर आइतवार जेष्ठ १४, २०८०

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीसहितका कैदीको बाँकी सजाय मिनाह गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यस्तै गणतन्त्र दिवसकै अवसरमा १९ जना कैदीले आममाफी पाएका छन् ।

कानुनअनुसार सरकारको सिफारिसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ ।

Leave a Comment