काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको रोशी गाउपालिका स्थित रोशी माध्यामिक विद्यालयको कक्षा १ देखि ७ सम्मका छात्र छात्रालाई निशुल्क ड्रेस र व्याग वितरण गरिएको छ ।
लाइन्स क्लव इन्टरनेशनल ३२५एल,लाइन्स क्लव अफ बालाजु, लाइन्स क्लव अफ काठमाडौ युनिटी सर्कलको आयोजनामा विद्यालयका छात्र छात्रालाई निशुल्क ड्रेस र व्याग वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लाइन्स क्लव इन्टरनेशनल ३२५एलका जिल्ला गर्भनर मणिश्रीरत्न बज्राचार्यले विद्यार्थीहरुलाई निशुल्क रुपमा खेलकुद ड्रेस,जुत्ता र व्याग वितरण गर्नु भयो । विद्यालय सामाग्री प्राप्त गरेपछि छात्रछात्राहरुले खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा रोशी गाउपालिका अध्यक्ष दिनेस लामा उपाध्यक्ष, मिनबहादुर लामा वडा नम्बर ७ का अध्यक्ष अशोक गौतमको सहभागिता रहेको थियो ।