रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति पौडेल समक्ष सिफारिस गर्ने सरकारको निर्णय

राजनीति आइतवार जेष्ठ १४, २०८०

सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिहरुलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो ।

गणतन्त्र दिवसका अवसरमा चौधरीसँगै अन्य केहीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको उहाँको भनाई छ ।

यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाउनुभएको थियो ।

Leave a Comment