माओवादी सांसद दाहालले ओलीलाई जोडेर दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने

राजनीति शनिबार जेष्ठ १३, २०८०

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर दिएको अभिव्यक्ति सङ्घीय संसद्को रेकर्डबाट हटाइएको छ ।

‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको हो ।

शनिवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद दाहालले दिएको अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।

Leave a Comment