प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गरिने

राजनीति शुक्रबार जेष्ठ १२, २०८०

प्रतिनिधिसभाबाट आज सरकारको नीति तथा कार्यक्रम पारित गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको हो ।

बैठकको सुरुमा नीति तथा कार्यक्रममाथि धारणा राख्न बाँकी रहेका सांसदहरुले बोल्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ दिनु हुनेछ भने त्यसपछि नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गर्ने र  आजै  नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट यसअघि नै पारित भइसकेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने छ ।

Leave a Comment