सङ्घीय मन्त्रिपरिषद्ले आज पूर्णता पायो

मुख्य खबर मङ्लबार जेष्ठ ९, २०८०

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाएको छ । प्रचण्ड प्रधानमन्त्री बनेको पाँच महिनापछि सङ्घीय मन्त्रिपरिषद्ले आज पूर्णता पाएको हो।

प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

आज मङ्गलवार जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएको छ । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षामन्त्री हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण हुँदैछ । योसँगै सरकारमा मन्त्रीको सङ्ख्या २५ जना पुगेको छ ।

Leave a Comment