बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

राजनीति आइतवार जेष्ठ ७, २०८०

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाएको हो ।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा ९९० बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

जसअनुसार बहादुर सिंह लामा मन्त्रिपरिषद्को दोस्रो वरीयतासहित आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ । यस्तै गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बन्दा कुमारी मोक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री  बन्नुभएको छ ।

तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्नुभयो भने  डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री बन्दा, लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात, पुकार महर्जन पर्यटन, उद्योग तथा सकारी, उत्तम जोशी स्वास्थ्य र मनिसा खड्का वन तथा वातावरण मन्त्री बनेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै रामकृष्ण चित्रकारको जिम्मेवारी पछि तोकिनेछ ।

बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो ।

जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाएको छ ।

 

Leave a Comment