आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारका क्रममा निधन भएको छ ।
काठमाण्डौको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँमा बस्ने रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठको निधन भएको प्रहरीले जनाएको छ ।
हिजो शुक्रबार दिउँसो ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा जलेर घाइते भएकी श्रेष्ठको आज बिहान कीर्तिपुरमा रहेको बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
श्रेष्ठ चन्द्रागिरि–९ मा श्रीमानसँगै डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।