सरकारको नीति तथा कार्यक्रम आउँदै, कृषिको व्यवसायीकरणाम जोड

मुख्य खबर NFM संवाददाता शुक्रबार जेष्ठ ५, २०८०

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको व्यवसायीकरणाम जोड दिने भएको छ । आज शसक्रबार सरकारले नीतितथा कार्यक्रम सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बोलाइएको छ ।

साँझ ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌का दुवै सदनलाई सम्बोधनसहित सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको संघीय संसद्‌ सचिवालयले जनाएको छ ।

यसपालिको नीति तथा कार्यक्रममा सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको व्यवसायीकरणाम जोड दिएको छ । आन्तरिक उत्पादन बढाइ शिथिल रहेको अर्थतन्त्रलाई उकास्ने र सरकारप्रति जनविश्वास बढ्ने खालका कार्यक्रम ल्याउन लागिएको हो । भौतिक मन्त्रालयले राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र यसै वर्ष सकिने योजनामा बजेट केन्द्रित गर्दै छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा सीप विकास केन्द्र स्थापना गर्ने, स्थानीय निकायकै सिफारिसबाट वैदेशिक रोजगारीमा जाने मिलाउने गरी नीति तथा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित गर्ने बताएको ।

ऊर्जा मन्त्रालयले आन्तरिक विद्युत् खपत बढाउन साना पूर्वाधारमा लगानी बढाउँदै छ । ग्रिन हाइड्रोजनको अध्ययनदेखि वैकल्पिक ऊर्जालाई बढावा दिने कार्यक्रम प्रस्ताव गरेको छ । लघु घरेलु उद्यमलाई जोड दिई रैथाने वस्तुको उत्पादन वृद्धि र बजारीकरण कार्यक्रम सञ्चालन गर्दै छ । मेक इन नेपाललाई जोड दिने तयारी छ ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई समयमै रासायनिक मल तथा उन्नत बीउको सुनिश्चत गर्ने गरी कार्यक्रम ल्याउँदै छ । बाँझो रहेको करिब १० लाख हेक्टर खेतीयोग्य जमिन उपयोगमा ल्याउने गरी कार्यक्रम बनाइएको छ । त्यस्तै पर्यटन मन्त्रालयले आन्तरिक विमानस्थलहरुको क्षमता विकास र नयाँ पर्यटकीय गन्तव्य विकासका लागि कार्यक्रम प्रस्ताव गरेको छ ।

ज्येष्ठ नागरिकलाई विशेष रेखदेखको व्यवस्था
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरुको सेवा प्रवाहलाई चुस्तदुस्त बनाउने, ज्येष्ठ नागरिक तथा अपांगता व्यक्तिलाई विशेष रेखदेखको व्यवस्था गर्दै छ । परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरुको क्षमता विकास तथा राहदानी वितरण सहज गराउने गरी नीति ल्याउने तयारी गरेको छ ।

शिक्षा मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम, प्राविधिक शिक्षामा जोड दिने कार्यक्रम नीति तथा कार्यक्रममा प्रस्ताव गरेको छ । विद्यालयदेखि विश्वविद्यालय सम्मको शिक्षामा जोड अनुसन्धान मुलक शिक्षामा प्राथमिकतामा रहेका छन् । आउँदो आर्थिक वर्षमा पैसा कम हुने हुँदा सामाजिक भत्ता वृद्धिको कार्यक्रम रोकिने छैन ।

Leave a Comment