स्थानीय तहका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणमा कडाई

राजनीति सोमवार बैशाख २५, २०८०

सरकारले कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणलाई सरकारले कडाई गर्न लागेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराई जथाभाबी विदेश भ्रमणमा नजान आग्रह गरेको हो ।

यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यकताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ ।

अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

Leave a Comment