काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाउनुभयो ।
लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । यसअघि छामिछानेले ४० हजार मतअन्तरले जित्नु भएको थियो । मंसिर ४ गतेको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत पाउनु भएको थियो । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।
यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याउनु भएको थियो । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।