तनहुँमा वाग्ले भारी मतले विजयी, कांग्रेस छाडेर कांग्रेसकै ‘गढ’भत्काए

राजनीति मङ्लबार बैशाख १२, २०८०

काठमाडौं । उप निर्वाचनको मतपरिणमले ठूला दललाई ठूलो धक्का दिएको छ । सबैभन्दा ठूलो असर नेपाली कांग्रेसलाई गरेको छ । तनहुँमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भारी मतले विजयी हुनु भएको छ । वाग्ले ३४ हजार ९ सय १८ मतका साथ निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पछि पारे । भट्टराईले २० हजार १ सय २२ प्राप्त गर्नुभयो । त्यस्तै, नेकपा एमालेका उम्मेद्‍वार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाउनुभयो । यस क्षेत्रमा कुल ६५ हजार २९८ मत खसेको थियो ।

विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसमा जोडिएको बताउने वाग्ले उमेरले ५० टेक्नै लाग्दा स्थापनाको एक वर्ष पनि नपुगेको नयाँ दलबाट सांसदका रूपमा प्रतिनिधिसभामा प्रवेश गर्न लाग्नु भएको हो । आलोचकहरूका दृष्टिकोणमा स्वर्णिम ‘अवसरवादी’, ‘अहिलेको भरे नै अवसर चाहने’ तथा ‘अति महत्त्वाकांक्षी’ व्यक्तिका रूपमा दरिएका वाग्लेले कांग्रेस छाडेर कांग्रेसकै गढ भत्काउनु भएको छ ।

 

Leave a Comment