गण्डकी प्रदेशमा एमालेको सरकार ढल्यो

गण्डकी शनिबार बैशाख ९, २०८०

गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत पाउन सक्नुभएन ।

शनिवार प्रदेश सभामा भएको मतविभाजनमा अधिकारी अल्पमतमा परेपछि एमालेको सरकार ढलेको हो ।

सरकारलाई समर्थन गरेको दलमध्ये माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिवार दोहोर्याएर विश्वासको मत लिनुभएको थियो ।

६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवस्यक थियो । उहाँको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उहाँलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् ।

माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । अधिकारीले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए ।

गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही महिनाको २९ गते विश्वासको मत लिनु भएको थियो।

Leave a Comment