भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्रांगणबाट माथिल्लो (थने) र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको शुरुवात गर्छन्। रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार, निशान राख्ने विधान छ । रथको अगाडि पाँच र पछाडि चार वटा डोरी समातेर जात्रालुले तान्ने गरिन्छ
बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदै
