सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहुँदैछन् । लिगको सातौं चरण अन्तर्गत सोमबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । शीर्ष स्थानको मनाङ पाँचौं जितको योजनामा रहेको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेन्ड्स क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । फ्रेन्ड्स आज दोस्रो जित निकाल्न चाहन्छ । फ्रेन्ड्स ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।पुलिस पहिलो जितको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।