उपनिर्वाचनमा ६५ जनाको उम्मेद्वारी कायम

मुख्य खबर शुक्रबार चैत्र २४, २०७९

आउँदो बैशाख १० मा हुने उपनिर्वाचनमा ६५ जनाको उम्मेद्वारी कायम भएको छ ।

चितवन २, बारा २ र तनहुँ १ गरि तीन वटा निर्वाचन क्षेत्रमा कुल ६९ जनाले उम्मेद्वारी दिएकोमा ४ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार  चितवनमा २७ जना, बारामा ३४ जना र तनहुँमा ९ जनाको उम्मेद्वारी कायम रहेको छ ।

अर्यालका अनुसार उम्मेद्वारी फिर्ता लिने दिन बिहिबार चितवन र बाराबाट दुई/दुई जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । उहाँले आजबाट निर्वाचन आचार संहिता लागु भएको र यसको पालना गर्न सबैमा आग्रहसमेत गर्नुभयो ।

आयोगले निर्वाचनको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

Leave a Comment