सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको मृत्यु

Breaking बुधबार चैत्र २२, २०७९

सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। हिजो दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले जनाएका छ ।

ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् । यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन्। गीता सापकोटा, ज्योती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ ।

Leave a Comment