रुसले उत्तर कोरियालाई खाद्यान्न दिएर हतियार लिन खोजिरहेको अमेरिकाले दावी गरेको छ । उत्तर कोरियाली हतियारको बदलामा खाद्यान्न उपलब्ध गराउने प्रस्ताव लिएर रुसको एउटा प्रतिनिधिमण्डल उत्तर कोरिया जान लागेको अमेरिकाले आशंका गरेको हो ।
अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले उत्तर कोरिया र रुसबीचको कुनै पनि हतियार सम्झौताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गर्ने बताएका छान् । अमेरिकाले यसअघि उत्तर कोरियामाथि युक्रेनमा रहेको रुसी सेना र रुसी भाडाका वाग्नर समूहलाई हतियार उपलब्ध गराएको आरोप लगाएको थियो ।
उत्तर कोरिया विश्वको सबै भन्दा गरिब देशहरू मध्येको एक हो । दशकौंदेखि खाद्यान्न अभावको समस्या झेलिरहेको उत्तर कोरियालाई रुसले यतिबेला खाद्यान्नको बदलामा हतियारको प्रस्ताव गरिरहेको छ ।