साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आज रसियाको सामना गर्दै

Uncategorized आइतवार चैत्र १२, २०७९

साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज आज रसियाको सामना गर्दैछ । ढाकास्थित मोस्ताफा कमल स्टेडियममा नेपालले युरोपियन टोली रसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र रसियाबीचको खेल राति ७ बजे सुरु हुनेछ ।

नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले भुटानलाई ५–० ले हराएको थियो ।

रसिया लगातार तेस्रो जितको खोजीमा हुनेछ । रुसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।

नेपालले चौंथो खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Leave a Comment