ए.पी.एफ फुटबल क्लबका सनिस श्रेष्ठ पहिलो पटक राष्ट्रिय फुटबल टोलीमा पर्न सफल भएका छन । भोलि देखि हुन गइरहेको प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले उनलाई टोलीमा समावेस गरेको हो । सहिद स्मारक ए डिभिजन लिगको पछिल्लो पाँच खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत श्रेष्ठले रास्ट्रिय टोली ठाउँ पाएका हुन् ।
एनीसले घोषणा गरेको टोलीमा श्रेष्ठ सहित ७ जना नयाँ अनुसार छन् ।अभिषेक बराल, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीलाई पनि पहिलो पटक राष्ट्रिय टोलीमा समावेस गरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ ।