नेपाली भान्सामा विदेशी मसलाको प्रयोग बढ्दै

Breaking सोमवार चैत्र ६, २०७९

नेपाली भान्सामा दैनिक आवश्यक पर्ने मसला विदेशबाट आयात गर्ने क्रम बढ्दै गएको छ । सबैभन्दा बढी प्रयोग हुने बेसार, लसुन, धनियाँ, खुर्सानीजस्ता मसलाजन्य वस्तु युरोप, अमेरिकाबाट समेत आयात हुने गरेको छ । सरकारले व्यावसायिक खेती बढाउन नसक्दा मसला बालीमा परनिर्भर हुनु परेको हो । केन्द्रीय भन्सार विभागको तथ्याङ्क अनुसार विगत ६ वर्ष ७ महिनाको अवधिमा बेसार, खुर्सानी, धनियाँ, लसुन गरी कुल २० अर्ब ८ करोड २२ लाख १५ हजार रुपैयाँको आयात भएको छ । यस अवधिमा धनियाँ चार अर्ब ३३ करोड १७ लाख ७४ हजार, लसुन पाँच अर्ब ८६ करोड १० लाख ६४ हजार, खुर्सानी सात अर्ब ८६ करोड ५० लाख चार हजार रुपैयाँ, बेसार दुई अर्ब दुई करोड ४३ लाख ७३ हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

Leave a Comment