काठमाडौं । राष्टपतिको सथप सकिएसँगै सत्ता गठबन्धन तथा अन्य दलहरु उपराष्ट्रपतिनिर्वाचनमा केन्द्रित भएका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुदैछ । आज मध्यराती देखि प्रचारप्रसार बन्द हुने भएकाले उमेद्वारहरु आ-आफ्नो पक्षमा मत माग्न व्यस्त देखिएका छन् । उपराष्ट्रपतिको उमेद्वारहरु नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य,जनता सामाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीका ममता झा रहनु भएको छ । झा र यादव सत्ता गठबन्धन बाटै उमेद्वार रहनु भएको छ । सत्ता गठबन्धनबाटै दुइजना उमेद्वार रहेकोले उपराष्ट्रपतिको निर्वाचन पनि रोचक हुने भएको छ ।
उपराष्ट्रपतिको निर्वाचनको संघारमा प्रधानमन्त्री पुष्प कमल दाहालले सवै दलहरुबीच सहमती सन्तुलन कायम गरेर अघि बढीरहेको बताउनु भएको छ । तर निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनबाटै दुइजना उमेदवार देखिएका छन् । तर उपराष्टपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले दलहरुबीच सहमती र समझदारीमै अघि बडिरहेको बताइरहनु भएको छ । शक्ति सन्तुलन मिलेकाले अब काम गर्न सहज हुने उहाँको दावी छ।
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले यसो भनिरहदा उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाटै २ जना उमेदवार चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । सत्ता गठबन्धनको साथ र समर्थन पाएका भनिएका उमेदवार जनतासमाजवादी पार्टीका राम सहाय प्रसाद यादव उपराष्ट्रपतिका उमेद्वार हुनुहुन्छ भने सत्ता पक्षीय गठबन्धनबाटै जनमत पार्टी ममता झा पनि उमेद्वार हुनुहन्छ । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको बताइए पनि जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी रहेकोले सहमति हुनेमा आशावादी रहेको बताउनुभयो ।
सत्ता पक्षीय गठबन्धनमा जसपा तेस्रो ठूलो दल हो । त्यसैले उपराष्ट्रपतिमा उसको दाबी स्वाभाविक रहेको राजनीतिक विश्लेषकहरुको भनाइरहेको छ । यस कारण पनि जसपाले अन्तिम अवस्था सम्म पनि अन्य उमेद्वारले उमेद्वारी फिर्ता लिनेमा जसपा ढुक्क रहेको जसपा नेता प्रदिप यादवको दावी छ ।
जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको बताउँदै प्रतिनिधिसभामा जसपा भन्दा आकारमा ठूलो रहेको तर्क गरीरहेको छ । सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू जसपाको उम्मेदवारको प्रस्तावक र समर्थक नै बसेका छन । यसकारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जसपाको प्रस्तावलाई मान्ने निश्चित नै छ ।
यस्तो छ मतभार
वर्तमान गठबन्धनको अंकगणित केलाउँदा उपराष्ट्रपति पनि रामसायप्रसाद यादव निर्वाचित हुने बलियो सम्भावना छ। सत्ता गठबन्धनले जसपाका रामसहाय यादवलाई उम्मेदवार बनाएको छ। उनका पक्षमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चासहित पाँच दलको समर्थन छ।
जम्मा कायम रहेको ५७ हजार ७ सय ७३ मध्ये ५४ प्रतिशत अर्थात् ३१ हजार ७ सय ३८ मतभार ५ दलीय सत्ता गठबन्धनसँग छ। यो बहुमत हो। सत्तारुढ गठबन्धनकै जनमत पार्टीका तर्फबाट ममता झा उम्मेदवार छिन्। उनको पार्टीको पक्षमा जम्मा १ हजार ३ सय ७० मतभार छ।
एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ। वामदेव गौतम र योगेन्द्र मण्डलको समेत मतभार जोड्दा एमालेको १५ हजार ५ सय १८ हुन्छ। रास्वपाले कसलाई दिने निर्णय गरेका छैनन्। राप्रपाको २ हजार ४ सय ५० र रास्वपाको १ हजार ५ सय १ मतभार छ। राप्रपा भने गठबन्धनतिरै जाने देखिएको छ।