जापानमा मनाए नेपालीले महिलाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

समाज बिहिबार फाल्गुन २५, २०७९

जापान । प्रवासी नेपाली मन्च जापानको महिला विभागले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा होली पर्व एक साथ मनाएको छ । जापानको राजधानी टोक्योमा विशेष कार्यक्रम गरेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा शुभकामना आदान प्रदान गर्दै विदेशमा रहेका महिलाका समस्याका विषयमा पनि छलफल गरिएको थियो ।

नेपाल पोशाकसहित कार्यक्रममा सहभागिहरुले प्रवासमा रहेका महिलाका सवालमा निरन्तर छलफल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सह इन्चार्ज बिनोद ढकालले प्रवासमा पनि नेपालीपन भेटिने र नेपालको न्यास्रो मेटिनेगरि कार्यक्रम गरेको धन्यवाद दिनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा प्रवासमा रहेका श्रमिक महिलाका सवालमा बहस आबश्यक रहेको बताउनुभयो । प्रवासी नेपाली मन्च जापान, महिला विभागका प्रमुख तथा कार्यक्रम संयोजक सुमी बस्नेत( रायमाझि)ले महिला दिवस र होलीको अवसरमा प्रवासमा रहेका दुःख, पीडा साटासाट गर्ने र एकदिन भएपनि खुसी मनाउनेगरि कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा खानका रुपमा नेपाली खानाका परिकारलाई प्राथमिकता दिइएको थियो । एकिन तथ्यांक नभएपनि जापानमा २ लाखभन्दा बढी नेपाली रहेको अनुमान छ । नेपाललमो चाड, पर्व, सस्कृति अनुसार नेपालीहरुले जापानमा कार्यक्रम गर्दै आएका छन् ।

Leave a Comment