नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन्। पाइलट भावनासँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भर्नुभएको हो ।
आइतबार काठमाडौंदेखि दुबईको उडानमा पहिलो पटक दुई महिला पाइलटले सँगै उडान भरेको पाइलट भावना पन्तले बताउनुभएको छ । पाइलट पन्तले नेपाल उड्डयनमा ऐतिहासिक क्षण बनेको बताउनुभयो ।
उहाँले यसबारे सामाजिक सञ्जाल फेशबुक मार्फत् जानकारी दिनुभएको हो । पाइलट भावना विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध हुनुहुन्छ। आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए।
यो टोली आगामी बुधबारको उडानमा यात्रु लिएर काठमाडौं फर्कने निगमले जनाएको छ। निगमका अनुसार बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पुर्ण चालक दलका सदस्यहरू महिला हुनेछन्।