ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाइते

NFM TV आइतवार फाल्गुन २१, २०७९

ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ । ९ जना गम्भीर घाइते भएका छन् ।

चिसङ्खुगढी गाउँपालिका–३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा ११ जना यात्रु थिए । घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको छ । घाइते भएका धेरैजसोको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

Leave a Comment