राष्ट्र बैङ्कले आन्तरिक ऋण उठाउन १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

Breaking आइतवार फाल्गुन २१, २०७९

आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आउँदो भदौ १९ गते परिपक्व हुनेछ । बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था र सर्वसाधारण नागरिक पनि सहभागी हुन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

Leave a Comment