अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिए नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरी लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्न आग्रह गरेको छ । लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था रहेको भन्दै राष्ट्र बैंकले हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नभएको स्पष्ट पारेको छ । लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण एकाइमा गुनासो दर्ता गर्न आग्रह गरिएको छ।