काठमाण्डौको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु

NFM TV सोमवार फाल्गुन १५, २०७९

काठमाण्डौको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ । अघि बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । रङ्गको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो २२ गते पहाडी जिल्लामा र २३ गते तराईका जिल्लामा होली मनाइँदै छ ।

Leave a Comment