मगर समुदायले आज ४१ औँ मगर दिवस मनाउँदै

NFM TV सोमवार फाल्गुन १५, २०७९

मगर समुदायले आज ४१ औँ मगर दिवस मनाउँदैछन । नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन् । स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनेतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत वेशभूषासहितको ¥याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाले सार्वजनिक बिदा समेत दिएका छन्। गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। यस्तै तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिका, बाग्लुङको निसीखोलामा पनि सार्वजानिक बिदा दिइएको छ । नवलपरासी पूर्वका आठवटै पालिकाले पनि सार्वजनिक बिदा दिएका छन्।

Leave a Comment