ओलीले सुरु गरे प्रधानमन्त्री प्रचण्डको कार्यशैलीको आलोचना

मुख्य खबर बिहिबार फाल्गुन ११, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना सुरु गर्नु भएको छ । जनयुद्ध दिवसलाई सरकारले राष्ट्रिय मान्यता दिँदै सार्वजनिक बिदा दिएकोमा त्यसको १० दिनपछि एमाले अध्यक्ष ओलीले त्यसको आलोचना गर्नुभयो ।

आफ्नो जन्मदिनको अवसरमा निजी निवास बालकोटमा बिहीबार आयोजित कार्यक्रममा ओलीले अहिलेको सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउने गरेको निर्णय दुःखत भएको टिप्पणी गर्नुभयो । फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नु अर्को गल्ती भएको उहाँको भनाई छ ।

यसबाट हिंसा गर्ने मानसिकता र हिंसाप्रति गर्भ गर्ने प्रवृत्ति छुट्न नसकेको पुष्टि हुने ओलीको तर्क छ, ‘सरकारले किन त्यो ग¥यो ? आकस्मिक रुपमा किन गर्नु प¥यो ? आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमा मन्डन गर्नु प¥यो ? मैले पनि बुझेको छैन ।’

यो निर्णयले हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो भान भएको उहाँको भनाइ थियो । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सरकारले सार्वजनिक बिदा दिएको थियो । त्यसबेला ओलीले कुनै प्रतिक्रिया जनाउनु भएको थिएन । राष्ट्रपतिको उम्मेदवारका विषयमा सत्ता गठबन्धनभित्र खटपट चलिरहेको अवस्थामा ओलीले गरेको आलोचनालाई गठबन्धन विघठनमा परेको संकेतका रुपमा हेरिएको छ ।

Leave a Comment