‘अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छ’

मुख्य खबर रन्जना पौडेल बुधबार फाल्गुन ३, २०७९

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस गयो तर माया उही छ । उपहार, गुलापको फुल नभएपनि उस्तै तरिकारले व्यक्त भइरहेको छ । भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको इतिहास अर्कै भएपनि हिजो आज यस दिनलाई प्रेमको सुरुवात गर्ने, प्रस्ताव राख्ने,दिनको रुपमा पनि बुझिन्छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ अर्थात् आजको दिन प्रणय दिवस मनाउने चलन छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ ।

फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । प्रेम दिवसलाई हरेक मानिसले फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । यसलाई पर्वको रुपमा कोही भेटघाटमा व्यस्त हुन्छन् कोही प्रेमिल कविता सुन्ने र सुनाउनेमा व्यस्त हुन्छन् साहित्यकार सविता विमली । उहाँका अनुसार माया मान्छेका लागि प्राण हो ।

विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । तर हिजोआज युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ । जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । अहिलेको युवा पुस्ताले यो सब बुझेर पनि लहडमा लागिरहेको देखिन्छ ।

कुनै पनि पर्व मनाउनु नराम्रो होइन्, त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ । हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रोपक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा यो खाली रमाइलो गर्ने क्षणिक विषय बन्दै गएको छ । गितकार आनन्द अधिकारी प्रेममा समर्पण हुनुपर्ने बताउनुहुन्छ ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उहाँको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।

Leave a Comment