देशको करिब ९६ प्रतिशत भूभागमा विद्युत्

Breaking सोमवार फाल्गुन १, २०७९

देशको करिब ९६ प्रतिशत भूभागमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मंसिर अन्त्यसम्ममा राष्ट्रिय ग्रिड (प्रसारण लाइन) बाट करिब ९२ र वैकल्पिक ऊर्जाका माध्यमबाट ४ प्रतिशत भूभागमा विद्युतीकरण भएको प्राधिकरणले जनाएको हो । बाँकी ४ प्रतिशत भूभागमा विद्युतीकरणका लागि अझै करिब ५० अर्ब रुपैयाँ लाग्ने प्राधिकरणको अनुमान छ । प्राधिकरणले आगामी आर्थिक वर्षभित्र सबै पालिकामा पूर्ण विद्युत् पु¥याउने लक्ष्य राखेको छ । हाल राष्ट्रिय ग्रिडको पहुँच नभएको क्षेत्रमा वैकल्पिक ऊर्जाका माध्यमबाट प्राधिकरणले विद्युतीकरण गर्दै आएको छ । अहिले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी), युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआबी) ले देशका दुर्गम स्थानमा नवीकरणीय ऊर्जा माध्यमबाट विद्युतीकरण गर्न सहायता गरिरहेको प्राधिकरणले जनाएको छ । एआईबी र ईआईबीको ३० अर्ब रुपैयाँ र प्राधिकरणको २० अर्ब रुपैयाँ गरी करिब ५० अर्ब लगानीमा देशलाई पूर्ण विद्युतीकरण गर्न सकिने प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले बताउनुभयो ।
दिगो विकास लक्ष्य पूरा गर्ने अवधि सन् २०३० सम्ममा सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभ रूपमा नवीकरणीय ऊर्जा उपलब्ध गराउने उद्देश्यका साथ केन्द्रले काम गरिरहेको एईपीसीका वरिष्ठ अधिकृत कृष्णचन्द्र पौडेलको भनाइ छ ।

Leave a Comment