काठमाडौं । ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (वान)ले विश्व रेडियो दिवसका अवसरमा ‘रेडियो र शान्ति’ विषयमा कार्यक्रम गरेको छ । १२औं विश्व रेडियो दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा गरिएको कार्यक्रममा राजनीतिक दलका नेता, समाजशास्त्री, विज्ञ र रेडियोकर्मीहरुले रेडियोले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंसा गरेका छन् ।
राजनीतिक, समाजिक र परिवारभित्रको शान्ति प्रक्रियामा पनि रेडियोले भूमिका खेलेको उदाहरणहरु पनि कार्यक्रममा प्रस्तुत गरिएका थिए । कार्यक्रममा सांसद विद्या भट्टराईले रेडियो र रेडियवोकर्मीको समस्याका विषयहरु संसदमा राख्ने, निति निर्माणमा सघाउने बताउनुभयो । उहाँले परिवर्तनका लागि संचारमाध्यमले धेरै ठुलो भुमिका खेलेको उल्लेख गर्नुभयो ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सूचना विभागका महानिर्देशक शंकर नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले रेडियोले शान्ति प्रक्रियामा खेलेको भूमिकालाई सरकारी स्तरबाट नै सस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । समाजशास्त्री डाक्टर शुरेस ढकाल, शान्ति प्रक्रियाका अभियानता राधा पौडेलले समाजभित्रका द्वन्द्वलाई शान्ति प्रक्रियामा रुपान्त्रण गर्न केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।
मिडियाका अध्ययता डाक्टर सुधांसु दाहाल, डाक्टर भूमी चापागाँईले रेडियोले अब पारिवारीक शान्ति प्रक्रियालाई जोडेर समाजको शान्ति रुपान्त्रणका विषयबस्तु केन्द्रित गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका संचार रजिष्टार रेवती सापकोटाले केहि नितिगत समस्या रहेको बताउनुभयो ।
अभियानता राधा पौडेलले महिलाको महिनावारीको विभेदका कारण आएका समस्याहरुले पनि शान्तिm स्थापना हुन नसकेको अवस्थामा रेडियोको भुमिका हुने उल्ल्ेख गर्नुभयो । पत्रका विनोद ढुंगेलले रेडियोले गरेको राम्रो कामको जति चर्चा गरेपनि नपुग्ने बताउनुभयो । पत्रकार महिला निर्मला शर्माले नेपालमा सञ्चारकर्मी उत्पादन गर्ने महत्वपूर्ण भूमिका रेडियोका भएकाले समाजका मुद्दामा पनि रेडियोको अगुवाई रहेको बताउनुभयो ।
फ्रेबअरी १३ का दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गर्दछन् ।
मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्वपूर्ण योगदान रहेको छ । देशभरीका व्यवसायिक रेडियोहरुको छातासस्था वानले रेडियोका मुद्दामा निरन्तर पैरवी गरिरहेको छ ।