काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आफ्नो सात बर्ष लामो कार्यकालको अन्तिम सम्वोधन गर्नु भएको छ । १५ मिनेट लामो सम्वोधनमा आफ्नो कार्यकालको अनुभवका विषयहरु जोडेदै संघीय संसद र सरकारलाई जनताका लागि गर्नुपर्ने दर्जनौ कामको सुझाव दिनु भएको छ ।
राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो दुई कार्यकालको अनुभवमा पाएको अनुभवको आधारमा आफ्नो राय राख्नु भएको छ । केही सफल भएको उदाहरणमा खुसी व्यक्त गर्दै सरकारले गर्नुपर्ने कामका १३ बिषय ५६ बुँदामा राष्ट्रपतिले भनाई केन्द्रित गर्नु भयो ।
राष्ट्रपति भण्डारीले अबको ध्यान नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव राख्दै राजनीतिले एउटा लय र गति समातिसकेकोले अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुन सुझाव दिनुभयो । शिक्षा, स्वास्थ्य, उत्पादन बृद्धि, शुसानका विषयलाई जोड दिएर देशको आर्थिक अवस्थालाई सुर्धार्नेमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
अर्थतन्त्रका सूचकमा सकरात्मक संकेत देखिएका छन् तर दिर्घकालीन अवस्थामा भरपर्ने अवस्था छैन । अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक र बाह्य प्रभावको समग्र अध्ययन गरेर सरकारको वित्त नीतिमा संरचनागत परिमार्जन गर्नुपर्ने देखिएको सम्वोधनमा उहाँले उल्लेख गर्नु भएको छ ।
सम्वोधनका क्रममा राष्ट्रपतिले भन्नुभयो ‘निश्चय पनि यसबीचमा देशको आर्थिक(सामाजिक क्षेत्रमा धेरै नै प्रगति भएका छन्। विकास निर्माणले गति लिएको छ। तर यो गति पर्याप्त छ तर ? हामीले हरेक नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न गरेको प्रयासले सार्थकता पाएको छ तर ? यी प्रश्नहरूको जवाफलाई केन्द्रमा राखेर अबका हाम्रा कामकारबाही अगाडि बढ्नुपर्दछ।’
नीति तथा कार्यक्रम आकर्षक ल्याउने तर कार्यान्वयन नहुने अवस्थालाई अप्रत्यक्ष रुपमा कोट्याउँदै राष्ट्रपतिले नतिजा प्राप्त हुनेगरी तत्कालै कार्यान्वयनमा लैजानेछ विश्वास व्यक्त गर्नुभयो । भण्डारीले कृषकले समयमा मल र बीउ नपाएको विषयदेखि युवाहरू रोजगारीका लागि बिदेसिनुपरेका समस्यासम्म आफ्नो सम्बोधनमा औँल्याउनु भएको थियो ।
विवाद पनि
नेपालको इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख बन्नुभएका भण्डारी २०७२ साल कार्तिक ११ गते दोस्रो राष्ट्रपतिका रूपमा पहिलो पटक यो पदमा पुग्नु भएको थियो । पछि दलीय सहमतिमा कार्यकाललाई निरन्तरता दिएर ७ बर्ष मुलुकको प्रमुख बन्ने अवसर पाउनु भएको थियो । संवैधानिक राष्ट्रपतिसँग सीमित अधिकार भए पनि भण्डारीले महिला र बालबालिकाका पक्षमा उल्लेख्य काम गर्दै, शिक्षाको सुधारमा ठूलो भूमिका खेलेको विज्ञहरुको भनाई छ । तर, सीमाभन्दा बाहिर गएर कतिपय अवस्थामा सक्रिय भूमिकामा देखाएको भन्दै विवाद पनि भएको छ ।