राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने

राजनीति आइतवार माघ २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

अब पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनेछन् । तर रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।

Leave a Comment