काठमाडौं । नेकपा एमालेले गृहमन्त्री यसअघिको सहमतिको पालना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने एमालेको ठहर रहेको बताउनुभयो । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उहाँले त्यही सहमति अनुसार हुनुपर्ने बताउनुभयो ।
बिहीबार बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सरकार गठनहुँदा सहमति गृहमन्त्रीको हकमा र राष्ट्रपतिको हकमा पनि लागु हुने बताउनुभयो ।
प्रधानमन्त्रीले अदालतको पूर्ण पाठ नआएसम्म प्रधानमन्त्रीले हुन्न भन्नु भएको छ नी भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले अदालतको पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ? भन्दै उल्टै प्रश्न गर्नुभयो । एमाले अध्यक्ष ओलीले वर्तमान सरकार संकटमा नपर्ने पनि दावी गर्नुभयो ।
राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने उहाँको दावी थियो ।