एमालेले गृहमन्त्री पदका विषयमा आज धारणा बनाउने

मुख्य खबर बिहिबार माघ १९, २०७९

काठमाडौं । नेकपा एमालेले गृहमन्त्री पदका विषयमा आज धारणा बनाउने भएको छ । रवी छामिछानेले नागरिकता विवादसँगै पद गुमाएपछि त्यो जिम्मेवारी आफैसँग राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान र यसअघिको सहमति अनुसार नै हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अडानले विवाद सुरु भएको छ । सत्ता गठबन्धन कायम राखेर त्यसलाई मिलाउन एमालेले मध्यमार्गी बाटो खोज्ने भएको छ ।

गृहमा देखिएको विवादमा विषयमा छलफल गर्न आज एमाले कार्यालयको बैठक बस्दैछ । बैठकमा रवी वाहेकलाई लैजाने गरि स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान राख्ने या प्रधानमन्त्री प्रचण्डले भनेअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई मनाउने भन्नेमा छलफल हुनेछ । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले गृह मन्त्रालयका विषयमा आज हुने एमाले कार्यालय बैठकमा केही धारणा बनाउने बताउनुभयो ।

एमालेले महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू रहेको संरचना रहेको केन्द्रीय कार्यालय बनाएको छ । एमाले कार्यालयको छलफल पछि अध्यक्षसँग थप छलफल गरेर निस्कर्षमा पुग्ने गुरुङको भनाई छ ।

९ सिट रहेको रास्वपा बाहिरिँदा बहुमत बनाइराख्न सकस हुन सक्छ । जसपा, जनमत र नागरिक उन्मुक्ति जस्ता पार्टीहरू बाँडफाँट र अन्य मुद्दाका असन्तुष्ट छन्, यस्तो अवस्थामा अहिलेको गठबन्धनसँग बहुमत रहिरहन्छ भन्ने ग्यारेन्टी छैन ।

Leave a Comment