काठमाडौं । नेकपा माओवादी केन्द्रको आजका लागि बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
नेकपा माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो ।
स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएकाले आजलाई बैठक स्थगित गरिएको पार्टीका स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठकलाई आवश्यक गृहमार्य नपुगेकाले स्थगित भएको उहाँको भनाई छ । आज स्थगित भएको बैठक भोलि मध्याह्न १२ बजे बस्नेछ ।