मुसलधारे वर्षासँगै आएको बाढीले न्युजिल्याण्डको सबै भन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । बाढीले बगाउँदा हालसम्म ३ जना मानिसको मृत्यु भएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले आपत्कालीन सेवालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभएको छ । भारी वर्षाका कारण घरहरू जलमग्न हुनुका साथै यातायात सेवा ठप्प भएको छ । आवासीय क्षेत्र र व्यवसायिक प्रतिष्ठानमा नियमित विद्युत् आपूर्ति हुन सकिरहेको छैन । बाढी विमानस्थलमा समेत प्रवेश गरेको छ ।
मुसलधारे वर्षासँगै आएको बाढीले न्युजिल्याण्डको सबै भन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा
