काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले तीन बर्ष अघि जीवनसाथी गुमाउँदा जीवन गाढा नै संकटमा परेको महससु गर्नु भएको थियो । लामो समय पत्नी वियोगले नराम्री पिरोल्यो पनि । तीन बर्षप्छि उहाँले नयाँ वैवाहिक जीवन सुरू गर्नु भएको छ ।
सरिता शर्मा पोखरेलसँग खनालको नयाँ दाम्पत्य जीवन सुरू भएको छ । बिहीबार थोरै आफन्तको सहभागितामा उहाँले नयाँ यात्रा सुरु गर्नु भएको हो । २०७६ साल असोज २१ गते खनालले श्रीमती सुचित्रा खनाल गुमाउनु भएको थियो ।
उहाँको क्न्सरका कारण निधन भएको थियो । त्यसपछि एकल जीवन बिताइरनु भएका खनालले र १९ वर्षदेखि एकल जीवन बिताइरहनु भएकी शर्मासँग विवाह गर्नु भएको हो । आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै दुवै जनाले सहयात्रा गर्ने निर्णय गरेको खनालले बताउनु भएको छ । खनाल र शर्मा दुवैका एक–एक छोरी छन् ।
शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिनु भएको थियो । अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ भएको थियो ।