नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ

Breaking बुधबार माघ ४, २०७९

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जङ्गलमा उनीहरु नक्कली प्रहरी बनेर सर्वसाधरणलाई लुट्दै आएको पाइएको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबासका २२ वर्षीय नीरज साह सोनार, २२ वर्षका गुड्डु भन्ने पप्पु साह, २३ वर्षका सन्दीप लामा, २० वर्षका सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उपमहानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दीपक राउत रहेका छन् । चेरुस्थित एकान्त जङ्गलमा पु¥याएर सिआइडीको बहानामा नगद, मोबाइल र क्यामरा लुटिएको पीडितले बताएका छन् ।

Leave a Comment